Saturday, April 7, 2018

मण्डली परिवारको सानो सहयोग प्रेम भाइ प्रति

नेपाली ख्रीष्टियन चर्च, परिवार कुवेतले  साउदी अरबमा झुटो मुद्दामा जेलमा बन्दी जीवन बिताइरहेका इलामका प्रेम बहादुर राई लाई उनको जीवन रक्षाका लागि चलाएको अभियानका कुवेत स्थित कार्यरत सहोदर प्रेम बहादुरका दाजु चक्र बहादुर राई लाई कुवेती दिनार १४१ के डी ८० फिल्स जसको आजको विनिमय दरले ४८ हजार ७ सय ८६ रुपैयाँ सहयोग गरिएको छ। ईन्द्रणीका कार्यक्रम सञ्चालकको नाममा उक्त रकम पठाउने बताएका छन ।
यस्तै मानिसहरुका पिडाहरुमा मलम पट्टि लगाउनलाई नेपाली ख्रीष्टियन चर्च,परिवारले बन्दी जीवनबाट मुक्ति चाडै पाउन सकेको होस भनि प्रार्थना सहित यो सानो सहयोग गरेका छौं । स्थानीय मंडलीका आदरणीय, ज्येष्ठ एल्डर भिम मुक्तान ज्यूले यो सहयोग भेटी र प्रेम भाइको निम्ति प्रार्थना गरिदिनुभएको थियो।

- नेपाली  ख्रीष्टियन चर्च, (कुवेत)