Tuesday, June 5, 2018


१७औं वार्षिकोत्सब ,२५ में २०१८
नेपाली ख्रीष्टियन मंडली सन् २००१ में २५ कुवेत स्थित मालिया सिटिमा स्थापित भइ आज मंडलीले आफ्नो १७औं वार्षिकोत्सब सेवाकाई समारोहमा स्थानीय मण्डलीका पाष्टर तथा अगुवाहरु र विश्वासीजनहरुको उल्लेखनीय उपस्थितमा उक्त सेवाकाई समारोहमा अर्थपूर्ण भजन गित, कविता र नृत्यहरुको आयोजना गरि नेपाली ख्रीष्टियन मंडलीले आफ्नो १७औं वार्षिकोत्सव सेवाकाई समारोह बढो आशिषमय र हर्षोल्लासको सुसम्पन्न गर्‍यो । सोहीअवसरमा सम्पुर्ण विश्वासीजनहरुलाई उत्साहजनक,अभिप्रेरित आशिषमय वचन स्थानीय मण्डलीका आदरणीय पाष्टर ps Agam Limbu ज्यूले वाचन गर्नु भएको थियो। जुन वचन द्धारा प्रभुका सारा जन आशिषित भएका छौ, साथै महान परमेश्वरलाई धन्यवाद होस । सदैव प्रभु येशू ख्रीष्टको अनुग्रह आदरणीय,सारा विश्वासजनहरुको आत्मासंग रहोस ।
वचनको शीर्षक - ``असल जमिनको बिउ ´´
पवित्र बाइबल,
मत्ती-१३:१-९ र १८-२३ सम्म।
हिब्रु-१०:२५
भजनसंग्रह-२३:४
यूहन्ना-४:२४







                             १७औं वार्षिकोत्सब समारोह २५ में २०१८
परमेश्वरले उहाँको मण्डली यस चट्टामाथि स्थापित गर्नुभएको छ,
नरकका ढोका यस मण्डलीमाथि विजय हुनेछैन ।
पवित्र बाइबल, मत्ती-१६:१८

नेपाली ख्रीष्टियन मंडली स्थापनाको अवसरमा १७औं वार्षिकोत्सव सेवाकाई समारोहको
आयोजना गरि आज कुवेत स्थित दि लाइट चर्च हाउसको संगति सभाभवनमा विशाल भव्यताको साथ पास्टर, अगुवा र विश्वासीजनहरुको उल्लेखनीय उपस्थितिको साथ स्थानीय मंडलीको आदरणीय Ps.Agam Limbu ज्युले दीप प्रज्वलन गरि सत्रौं वार्षिकोत्सवको केक काटदै
सेवाकाई समारोहको सुभारम्भ गर्नु भएको थियो । यस सेवाकाइ समारोह संचालन डिकन टीका दत्त ढुङ्गाना ज्यूले गर्नुभएको थियो, भने आराधना स्तुति प्रशंसा लिड गर्नु हुने कोयर ग्रुपका मिलन गजमेर र साथमा कोयरका प्रिय भाइबहिनीहरु हुनुहुन्थियो । अर्थपूर्ण भजन गित, कविता र नृत्यहरुको आयोजना गरि नेपाली ख्रीष्टियन मंडलीले आफ्नो १७औं वार्षिकोत्सव सेवाकाई समारोह बढो आशिषमय र हर्षोल्लासको सुसम्पन्न गर्‍यो ।