Tuesday, June 5, 2018

                             १७औं वार्षिकोत्सब समारोह २५ में २०१८
परमेश्वरले उहाँको मण्डली यस चट्टामाथि स्थापित गर्नुभएको छ,
नरकका ढोका यस मण्डलीमाथि विजय हुनेछैन ।
पवित्र बाइबल, मत्ती-१६:१८

नेपाली ख्रीष्टियन मंडली स्थापनाको अवसरमा १७औं वार्षिकोत्सव सेवाकाई समारोहको
आयोजना गरि आज कुवेत स्थित दि लाइट चर्च हाउसको संगति सभाभवनमा विशाल भव्यताको साथ पास्टर, अगुवा र विश्वासीजनहरुको उल्लेखनीय उपस्थितिको साथ स्थानीय मंडलीको आदरणीय Ps.Agam Limbu ज्युले दीप प्रज्वलन गरि सत्रौं वार्षिकोत्सवको केक काटदै
सेवाकाई समारोहको सुभारम्भ गर्नु भएको थियो । यस सेवाकाइ समारोह संचालन डिकन टीका दत्त ढुङ्गाना ज्यूले गर्नुभएको थियो, भने आराधना स्तुति प्रशंसा लिड गर्नु हुने कोयर ग्रुपका मिलन गजमेर र साथमा कोयरका प्रिय भाइबहिनीहरु हुनुहुन्थियो । अर्थपूर्ण भजन गित, कविता र नृत्यहरुको आयोजना गरि नेपाली ख्रीष्टियन मंडलीले आफ्नो १७औं वार्षिकोत्सव सेवाकाई समारोह बढो आशिषमय र हर्षोल्लासको सुसम्पन्न गर्‍यो ।







No comments:

Post a Comment