Tuesday, June 5, 2018


१७औं वार्षिकोत्सब ,२५ में २०१८
नेपाली ख्रीष्टियन मंडली सन् २००१ में २५ कुवेत स्थित मालिया सिटिमा स्थापित भइ आज मंडलीले आफ्नो १७औं वार्षिकोत्सब सेवाकाई समारोहमा स्थानीय मण्डलीका पाष्टर तथा अगुवाहरु र विश्वासीजनहरुको उल्लेखनीय उपस्थितमा उक्त सेवाकाई समारोहमा अर्थपूर्ण भजन गित, कविता र नृत्यहरुको आयोजना गरि नेपाली ख्रीष्टियन मंडलीले आफ्नो १७औं वार्षिकोत्सव सेवाकाई समारोह बढो आशिषमय र हर्षोल्लासको सुसम्पन्न गर्‍यो । सोहीअवसरमा सम्पुर्ण विश्वासीजनहरुलाई उत्साहजनक,अभिप्रेरित आशिषमय वचन स्थानीय मण्डलीका आदरणीय पाष्टर ps Agam Limbu ज्यूले वाचन गर्नु भएको थियो। जुन वचन द्धारा प्रभुका सारा जन आशिषित भएका छौ, साथै महान परमेश्वरलाई धन्यवाद होस । सदैव प्रभु येशू ख्रीष्टको अनुग्रह आदरणीय,सारा विश्वासजनहरुको आत्मासंग रहोस ।
वचनको शीर्षक - ``असल जमिनको बिउ ´´
पवित्र बाइबल,
मत्ती-१३:१-९ र १८-२३ सम्म।
हिब्रु-१०:२५
भजनसंग्रह-२३:४
यूहन्ना-४:२४







                             १७औं वार्षिकोत्सब समारोह २५ में २०१८
परमेश्वरले उहाँको मण्डली यस चट्टामाथि स्थापित गर्नुभएको छ,
नरकका ढोका यस मण्डलीमाथि विजय हुनेछैन ।
पवित्र बाइबल, मत्ती-१६:१८

नेपाली ख्रीष्टियन मंडली स्थापनाको अवसरमा १७औं वार्षिकोत्सव सेवाकाई समारोहको
आयोजना गरि आज कुवेत स्थित दि लाइट चर्च हाउसको संगति सभाभवनमा विशाल भव्यताको साथ पास्टर, अगुवा र विश्वासीजनहरुको उल्लेखनीय उपस्थितिको साथ स्थानीय मंडलीको आदरणीय Ps.Agam Limbu ज्युले दीप प्रज्वलन गरि सत्रौं वार्षिकोत्सवको केक काटदै
सेवाकाई समारोहको सुभारम्भ गर्नु भएको थियो । यस सेवाकाइ समारोह संचालन डिकन टीका दत्त ढुङ्गाना ज्यूले गर्नुभएको थियो, भने आराधना स्तुति प्रशंसा लिड गर्नु हुने कोयर ग्रुपका मिलन गजमेर र साथमा कोयरका प्रिय भाइबहिनीहरु हुनुहुन्थियो । अर्थपूर्ण भजन गित, कविता र नृत्यहरुको आयोजना गरि नेपाली ख्रीष्टियन मंडलीले आफ्नो १७औं वार्षिकोत्सव सेवाकाई समारोह बढो आशिषमय र हर्षोल्लासको सुसम्पन्न गर्‍यो ।







Saturday, April 7, 2018

मण्डली परिवारको सानो सहयोग प्रेम भाइ प्रति

नेपाली ख्रीष्टियन चर्च, परिवार कुवेतले  साउदी अरबमा झुटो मुद्दामा जेलमा बन्दी जीवन बिताइरहेका इलामका प्रेम बहादुर राई लाई उनको जीवन रक्षाका लागि चलाएको अभियानका कुवेत स्थित कार्यरत सहोदर प्रेम बहादुरका दाजु चक्र बहादुर राई लाई कुवेती दिनार १४१ के डी ८० फिल्स जसको आजको विनिमय दरले ४८ हजार ७ सय ८६ रुपैयाँ सहयोग गरिएको छ। ईन्द्रणीका कार्यक्रम सञ्चालकको नाममा उक्त रकम पठाउने बताएका छन ।
यस्तै मानिसहरुका पिडाहरुमा मलम पट्टि लगाउनलाई नेपाली ख्रीष्टियन चर्च,परिवारले बन्दी जीवनबाट मुक्ति चाडै पाउन सकेको होस भनि प्रार्थना सहित यो सानो सहयोग गरेका छौं । स्थानीय मंडलीका आदरणीय, ज्येष्ठ एल्डर भिम मुक्तान ज्यूले यो सहयोग भेटी र प्रेम भाइको निम्ति प्रार्थना गरिदिनुभएको थियो।

- नेपाली  ख्रीष्टियन चर्च, (कुवेत) 

Monday, February 26, 2018

पवित्र बाइबल हाजिरी प्रतियोगिता -२५ फेब्रुअरी-२०१८


मत्ति-२८:२०
पबित्र बाइबल हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमका प्रमुख निर्णायक यसै मंडलीका आदरणीय, पास्टर Ps Agam Limbu , ज्येष्ठ एल्डर भिम मुक्तान र एल्डर पदम बहादुर राई ज्यू हुनुहुन्थ्यो। यस कार्यक्रमका प्रश्न सोधपुछ कर्ता एल्डर दर्ब राज राई र डिकन सानू लामा साथमा समय जानकारी गराउनु हुने डिकन राम नाथ कुवँर र नतिजा प्रकाशित गरिदिन हुने डिकन यावन राई ज्यू , ध्वनि प्रणाली उपकरणमा डिकन अन्जन सिलवाल हुनुहुन्थ्यो। यस कार्यक्रममा पाँचवटा झुन्डहरु सहभागीता हुनुभएका थिए। हाजिरी जफाव प्रतियोगितामा प्रथम,दोस्रो, तेस्रो हुनुहुने झुन्डहरुलाई टफि,पदक र प्रमाण पत्र बिजेता झुन्डलाई यसै मंडलीका आदरणीय पास्टर अगम लिम्बु ज्येष्ठ एल्डर भिम मुक्तान एल्डर पदम बहादुर राई ज्यूले प्रदान गर्नु भएको थियो। साथ चौथो र पाँचौ हुने झुन्डलाई पनि सान्त्वना र उत्साह स्वरुप प्रमाण पत्र पनि प्रदान गर्नु भएको थियो। ईसाई दाजुभाइ र दिदीबहिनीको बहुमुल्य उपस्तिथिले यस कार्यक्रम बडो भब्यताका साथमा र आशिषमय रूपमा सु-सम्पन्न भयो। महान परमेश्वरको महिमा होस।







Tuesday, February 6, 2018


नेपाली ख्रीष्टियन चर्च,(कुवेत)

नेपाली ख्रीष्टियन चर्चका पास्टर र अगुवाज्यूको साथमा नेपाली ईसाई जगतका लोकप्रिय अर्थपूर्ण गित गायक राजेश राई |